निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको आयोजनामा किस्पाङ गाउँपालिका–३ स्थित काहुले स्वास्थ्य चौकीमा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा विभिन्न रोगसम्बन्धी परामर्श तथा स्वास्थ्य परीक्षण सेवामा चार सय छ जना नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।

आठौँ साधारणसभा

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले आठौँ साधारणसभाका अवसरमा समाजद्वारा प्रकाशित मुखपत्र ‘माटाेकाे ममता’ को दोस्रो संस्करणको आज लोकार्पण गरिएको छ । नुवाकोटको ककनी गाउँपालिकास्थित पर्यटकीयस्थल ककनी डाँडोमा आज आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, नेपाल सरकारका पूर्वसचिव रामप्रसाद थपलिया, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराम केसी, समाजका संस्थापक अध्यक्ष डा केदारनरसिंह केसी, समाजका अध्यक्ष उदयबहादुर राना मगर […]