निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको आयोजनामा किस्पाङ गाउँपालिका–३ स्थित काहुले स्वास्थ्य चौकीमा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा विभिन्न रोगसम्बन्धी परामर्श तथा स्वास्थ्य परीक्षण सेवामा चार सय छ जना नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।